राखेप बोर्ड सदस्यको रिट खारेज « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राखेप बोर्ड सदस्यको रिट खारेज


२९ असार २०७९, बुधबार


काठमाडौँ । आफ्नो बर्खास्तीविरुद्ध राखेपका पाँच जना बोर्ड सदस्यले उच्च अदालत पाटनमा दायर गरेको रिट खारेज भएको छ ।

योसँगै अदालतमा पुगेको राखेप बोर्ड सदस्य विवाद तत्कालका लागि समाधान भएको छ ।

उच्च अदालतका न्यायाधीश द्वय ध्रुवराज चन्द र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले राखेप बोर्डमा पुनर्बहालीको मागसहित दायर गरेको रिट बुधबार खारेज गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयले गत मङ्सिर ३ गते राखेपका ९ जना बोर्ड सदस्यलाई बर्खास्त गरेको थियो । तीमध्ये रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुभास श्रेष्ठ, सम्पन्न श्रेष्ठ र रिम रानाभाटले मङ्सिर ८ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस