श्रीलङ्काको प्रधानमन्त्री विक्रमसिङ्घे कार्यवाहक राष्ट्रपति « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

श्रीलङ्काको प्रधानमन्त्री विक्रमसिङ्घे कार्यवाहक राष्ट्रपति


२९ असार २०७९, बुधबार


कोलम्बो । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको यहाँको संसद्का सभामुखले बुधबार संसदलाई जानकारी गराएका छन् ।

संविधानको धारा ३७ को १ अन्तर्गत राष्ट्रपति गोटाबाय राजापाक्षले प्रधानमन्त्री विक्रमासिङ्घेलाई नियुक्त गरेको जानकारी आफूलाई गराएको सभामुख महिन्दा यापा अवेयवार्देनाले बताएका छन् ।

यसबारे राजपक्ष आफैँले कुनै सार्वजनिक घोषणा भने गरेका छैनन्। राष्ट्रपतिको कार्यालय प्रदर्शनकारीले कब्जा गरेपछि केही दिनदेखि सबै सरकारी निर्णय तथा घोषणाहरू सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस