५९ अङ्क बढ्यो नेप्से « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

५९ अङ्क बढ्यो नेप्से


२९ असार २०७९, बुधबार


शेयर बजार

काठमाडौँ । आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से ५९.५४ अङ्क बढेको छ । सो अङ्कको वृद्धिपछि नेप्से १९८६ अङ्कमा कायम भएको छ ।

सबै उपसमूह बढेका छन् । कुल २ अर्ब ४ करोड रुपैयाँको कारोबार भयो ।

बैङ्किङ २४, विकास बैङ्क २०३, फाइनान्स १०२, होटल तथा पर्यटन ९६, जलविद्युत् १०४, जीवन बीमा १७०, उत्पादन १४१, माइक्रोफाइनान्स १३८, निर्जीवन बीमा १४४, अन्य ६६ र व्यापार उपसमूह १०३ अङ्क बढे ।

कुल १८२ कम्पनीको मूल्य बढ्दा ५ कम्पनीको घट्यो । नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । सीईडीबी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैङ्कको मूल्य करिब १० प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, एनआईसी एसिया बैङ्क, नेपाल बैङ्क, हिमालयन डिस्टिलरी र अरुणकाबेली क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस