श्रीलङ्काका प्रधानमन्त्री विक्रमसिंघेको कार्यालय पनि प्रदर्शनकारीको कब्जामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

श्रीलङ्काका प्रधानमन्त्री विक्रमसिंघेको कार्यालय पनि प्रदर्शनकारीको कब्जामा


२९ असार २०७९, बुधबार


काठमाडौँ । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिंघेको कार्यालयमा पनि प्रदर्शनकारीले कब्जा जमाएका छन् ।

प्रधानमन्त्री विक्रमसिंघेले देशमा सङ्कटकाल घोषणा गर्दै पश्चिमी प्रान्तमा कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन रोकिएको छैन ।

आक्रोशित प्रदर्शनकारीहरु सुरक्षा घेरा तोड्दै प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री भने कार्यालयमा नरहेको र उनी अन्तै सुरक्षित रहेको बिबिसीले जनाएको छ ।

यसअघि प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापक्षे देश छाडेर भागिसकेका छन् । राजापक्षे भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा सङ्कटकाल घोषणा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस