पर्साबाट स्रोत नखुलेको २० लाख नगदसहित दुई जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पर्साबाट स्रोत नखुलेको २० लाख नगदसहित दुई जना पक्राउ


२९ असार २०७९, बुधबार


पक्राउ

काठमाडौँ । पर्साबाट दुई जनालाई प्रहरीले २० लाख रुपैयाँ स्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ।

वीरगन्ज महानगरपालिका(१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई जनालाई मङ्गलवार राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

पक्राउ पर्नेहरूमा भारत विहार मोतिहारी रक्सौल बस्ने २८ वर्षीय संजित कुमार र २४ वर्षीय अनुराग मिश्र छन्।

बिआरओएसयु ३५०० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूबाट नगद फेला पारेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस