जसपा केन्द्रीय समिति बैठक सुरु « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

जसपा केन्द्रीय समिति बैठक सुरु


२९ असार २०७९, बुधबार


पर्सा । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ ।

बुधवार वीरगञ्जमा सो पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको हो । बैठकमा देशभरबाट करिव ६ सय जना सहभागी भएको जनाइएको छ ।

बैठकमा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्वागत मन्तव्य राखेका छन् । बैठकमा केन्द्रीय सदस्य, कार्यकारिणी सदस्यहरूसहित १३ जनाले मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।

बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको उपस्थिति छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस