श्रीलङ्कामा सङ्कटकाल घोषणा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

श्रीलङ्कामा सङ्कटकाल घोषणा


२९ असार २०७९, बुधबार


काठमाडौँ । श्रीलङ्कामा राजनीतिक अस्थिरता र अराजकताकाबीच प्रधानमन्त्रीले सङ्कटकाल घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ताले सो जानकारी दिएका हुन् ।

प्रवक्ताका अनुसार पश्चिमी प्रान्तमा पनि कर्फ्यु लगाइएको छ । यसैबिच राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर मालदिभ्स गएका छन् । उनले जुलाई १३ मा राजीनामा दिने घोषणा गरेका थिए ।

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि सर्वदलीय सरकारको वकालत गर्दै आफू राजीनामा दिन तयार रहेको बताएका छन् । यी सबका बीच राजधानी कोलम्बोमा प्रदर्शनकारीहरू प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्याँस समेत प्रहार गर्नुपरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस