सिसिटिभी फुटेज बिहीबार दिउँसो २ बजेभित्र उपलब्ध गराउन संसदीय समितिको निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिसिटिभी फुटेज बिहीबार दिउँसो २ बजेभित्र उपलब्ध गराउन संसदीय समितिको निर्देशन


२८ असार २०७९, मंगलबार


काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको प्रवेश गराएको विषयमा छानबिन गर्न गठिन संसदीय विशेष समितिले दुई दिनभित्र अर्थ मन्त्रालयका सिसिटिभी फुटेज र बजेट निर्माण प्रक्रियाका कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिको मङ्गलवार बसेको बैठकले सिसिटिभी फुटेज र बजेट प्रक्रियाका कागजात झिकाउने निर्णय गरेको हो ।

मितिका सचिव सुरेन्द्र अर्यालले निर्णयबारे भने, ‘बिहीबार दिउँसो २ बजेभित्र अर्थ मन्त्रालयका सिसिटिभी फुटेज र बजेट निर्माण प्रक्रियाका कागजात झिकाउने निर्णय भएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस