नेता लिउ र माधव नेपालबीच भेटवार्ता हुँदै « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

नेता लिउ र माधव नेपालबीच भेटवार्ता हुँदै


२८ असार २०७९, मंगलबार


काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच आज (मंगलबार) भेटवार्ता हुँदै छ ।

दिउँसो चार बजे होटल एभरेस्टमा नेता लिउ र अध्यक्ष नेपालबीच भेटवार्ता हुने नेता नेपाल निकट स्रोतले जानकारी दिएको छ । मंगलबार नै नेता लेउ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो ।

गत आइतबार नेपाल भ्रमणमा आएका नेता लिउले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार भेटवार्ता गरेका थिए भने प्रधानमन्त्री शेरबहादुर देउवासँग आइतबार नै भेट भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस