जसपा भट्टराई पक्षको विस्तारित बैठक सुरु ,नेता महिन्द्रराय यादव पनि सहभागी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जसपा भट्टराई पक्षको विस्तारित बैठक सुरु ,नेता महिन्द्रराय यादव पनि सहभागी


२८ असार २०७९, मंगलबार


काठमाडौँ । जसपाको बाबुराम भट्टराई पक्षको विस्तारित बैठक काठमाडौँमा सुरु भएको छ ।

पार्टीभित्रको आन्तरिक विवाद समाधान हुन नसकेपछि भट्टराई पक्ष र उपेन्द्र यादव पक्षले छुट्टाछुट्टै विस्तारित बैठक बोलाएका हुन् ।

यादव पक्षको बैठक भोलि (बुधबार)देखि वीरगन्जमा हुँदै छ । भट्टराई पक्षको बैठक काठमाडौँको जडिबुटीस्थित एक पार्टी प्यालेसमा भइरहेको छ ।

बैठकमा जसपा नेता महिन्द्रराय यादव पनि सहभागी छन् । तत्कालीन राजपाबाट पार्टी एकीकरण गरेपछि एक भएका यादव महन्थ ठाकुर नेतृत्वमा लोसपा विभाजन हुँदा उपेन्द्र यादवलाई साथ दिएका थिए । त्यसपछि सरकारमा कृषिमन्त्री बनेका थिए । अहिले पार्टीभित्रको अन्तरविरोध चर्केर विभाजनको अवस्थामा पुगेपछि यादवले भट्टराईलाई साथ दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस