नागरिकता विधेयकमा तीन सांसदद्वारा विरोधको सूचना दर्ता « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नागरिकता विधेयकमा तीन सांसदद्वारा विरोधको सूचना दर्ता


२८ असार २०७९, मंगलबार


काठमाडौँ । नागरिकता विधेयकमा तीन सांसदले विरोधको सूचना दर्ता गरेका छन् । नेकपा एमालेका शेरबहादुर तामाङ र भीम रावल तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका हुन् ।

एमाले सांसद रावलले राज्य व्यवस्था समितिले व्यापक छलफल गरेर प्रतिवेदन पेस गरिसकेको अवस्थामा विधेयक फिर्ता लिएर नयाँ ल्याउनु राज्य व्यवस्था समितिकै अवहेलना भएको तर्क गरेका छन् ।

अर्का सांसद तामाङले लैङ्गिक पहिचानसहित आमा वा बाबुको नामबाट नागरिकता प्राप्त गर्ने मर्म विपरीत भएको लगायतका विषय उठाएर विरोधको सूचना दर्ता गरेका हुन् ।

नेमकिपाका सांसद सवालले भने खुला सीमा नियमन गर्नुपर्ने, सङ्घ र प्रदेशको अलग अलग नेपाली नागरिकताको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर विरोधको सूचना दर्ता गरेको छ । सरकारले ल्याएको विधेयकमाथि संसदमा सैद्धान्तिक छलफल गर्नुअघि सांसदहरूले विरोधको सूचना दर्ता गर्न सक्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस