उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षका लागि महिला सांसदले आन्दोलन गर्नुपर्छ : वामदेव गौतम « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षका लागि महिला सांसदले आन्दोलन गर्नुपर्छ : वामदेव गौतम


२८ असार २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षमा महिला नियुक्त हुनुपर्ने भएकाले सरकार, संसद र राजनीतिक दलहरूको ध्यान नगएको बताएका छन् । उनले यी दुई पदमा निर्वाचन गराउन माग गर्दै महिला सांसदहरूले आन्दोलन गर्नुपर्ने सुझाव दिएका छन् ।

राष्ट्रिय सभाको आज (मंगलबार)को बैठकमा गौतमले दलहरूले ती पदमा पुरुषलाई पनि नियुक्त गर्न मिल्ने भए पद रिक्त भएको पाँच दिनमै पूर्ति हुने थियो पनि भनेका छन् ।

‘राष्ट्रिय सभा अध्यक्ष र प्रतिनिधिसभा सभामुख पुरुष भएको भएको हुनाले उपाध्यक्ष र उपसभामुख महिला नै हुने हो । यदि संविधानमा उपाध्यक्ष र उपसभामुख पुरुष अनिवार्य भनेको भए आज होइन खाली भएको पाँच दिनमा नै नियुक्ति हुने थियो, उनको आग्रह थियो, किन सरकार, राजनीतिक दल र संसदको ध्यान पुगेको छैन ? यो लाजमर्दो कुरा हो । महिला माननीयहरूले आन्दोलन नै गर्नुपर्ने हो लाग्छ ।’

महिला नियुक्त हुनुपर्ने संवैधानिक पद रिक्त राखेकोमा गौतमको आपत्ति थियो । संविधानमा राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षको व्यवस्था सँगसँगै गरेको तर चार महिनायता उपाध्यक्ष पद रिक्त रहेको भन्दै उनले त्यो पदमा नियुक्तिका लागि पहल लिन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई आग्रह गरे । संविधानले अध्यक्ष र उपाध्यक्षमा एक जना महिला हुनुपर्ने व्यवस्था गरेको बताए ।

प्रतिनिधिसभामा करिब चार वर्षदेखि उपसभामुख नियुक्त नगरिनु लाजमर्दो अवस्था रहेको गौतमको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस