काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि, यी हुन् एजेण्डा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि, यी हुन् एजेण्डा


२८ असार २०७९, मंगलबार


काठमाडौँ । सोमबारदेखि सुरु भएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा आज दिउँसो १ बजे बस्ने छ ।

सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको छ । बैठकको पहिलो दिन सात वटै प्रदेशका पार्टी सभापतिले आ-आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका छन् ।

बैठकमा भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत विविध एजेण्डामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस