सुदूरपश्चिम प्रदेशसभा बैठक पुन स्थगित , बजेट माथि अझै छलफल हुन सकेन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुदूरपश्चिम प्रदेशसभा बैठक पुन स्थगित , बजेट माथि अझै छलफल हुन सकेन


२७ असार २०७९, सोमबार


कैलाली । प्रतिपक्षी दलका सुदूरपश्चिम प्रदेश सभा सदस्य नभएपछि प्रदेश सभाको बैठक पुन स्थगित भएको छ ।

आज ३ बजे बैठक आह्वान गरिएको थियो । तर, बैठक एमाले, जसपा र राजपाले बहिस्कार गरेपछि बस्न सकेन। सत्ता पक्षमा सांसद पनि निकै न्यून उपस्थित थिए ।

प्रतिपक्ष दलको सिट खालि भएको भन्दै सभामुख अर्जुन बहादुर थापाले भोलि ११ बजे सम्मका लागि बैठक स्थगित गरेका हुन् ।

असार १ गते प्रदेश सरकारले ल्याएको बजेट माथि अझै सम्म छलफल सुरु हुन सकेको छैन ।

सत्ता पक्ष र विपक्षका प्रदेश सभा सदस्यहरूले बजेट परिष्कृत नहुँदा सम्म पारित गर्न नसकिने बताउँदै आएका थिए । तर, सरकारले बजेट पारित गर्न दबाब दिइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस