नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन विधेयक पारित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन विधेयक पारित


२७ असार २०७९, सोमबार


काठमाडौँ । नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक २०७९ पारित भएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकले सो विधेयक सर्वसम्मतले पारित गरेको हो । गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक पारित गरियोस् भन्ने पेस गरेको प्रस्ताव सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।

उक्त प्रस्तावलाई निर्णयार्थ पेस गर्नुअघि बैठकमा छलफल भएको थियो भने सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको गृहमन्त्री खाँणले जवाफ पनि दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस