२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेसमा ५० प्रतिशत मात्र खर्च

अ+ अ-

धनुषा । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा ५०.९१ प्रतिशत बजेट खर्च गर्न सकेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरधामका प्रमुख राधेश्याम गिरीका अनुसार चालु आवमा मधेश प्रदेश सरकारले रु ३४ अर्ब ८८ करोड ९८ लाख १० हजारमध्ये रु १७ अर्ब ७६ करोड ३६ लाख ७५ हजार मात्र खर्च गर्न सकेको छ ।

आर्थिक कार्यविधि नियमावली अनुसार शनिबार राति १२ बजेदेखि चालु आवको भुक्तानी निकासा बन्द गरिएका कारण केही मन्त्रालयको योजना सम्पन्न भए पनि करोडौँ रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकाय र कार्यालयबाट विनियोजित बजेटमध्ये चालुतर्फ रु ९ अर्ब ३२ करोड ५६ लख ८२ हजार तथा पुँजीगततर्फ रु ८ अर्ब ४३ करोड ७९ लाख ९३ हजार खर्च भएको गिरीले जानकारी दिए ।

उनले चालु आवमा मन्त्रालयतर्फ सबैभन्दा बढी सामाजिक विकास मन्त्रालयले ६५.१६ प्रतिशत र सबभन्दा कम महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयले १५.७० प्रतिशत मात्र खर्च गरेको बताए ।

सरकारी निकायतर्फ प्रदेशसभाले ६८ं.५६ प्रतिशत, प्रदेश लोक सेवा आयोगले ४४.३६, मुख्य न्यायाधिवक्ता कार्यालयले ८८.१४ र प्रदेश नीति तथा योजना आयोगले २१.३० प्रतिशत बजेट खर्च गरेको छ ।

मन्त्रालयतर्फ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ३१.११, अर्थ मन्त्रालयले २६.८६, उद्योग, पर्यटन तथा वन मन्त्रालयले ४५.२६, कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयले २१.९६, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४१.६१ र खानेपानी तथा ऊर्जा विकास मन्त्रालयले ४० प्रतिशत खर्च गरेको छ ।

त्यसैगरी आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले ४७.८१, वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयले ४६.६३, भौतिक पूर्वाधार विकास मन्त्रालयले ४६.२१, सामाजिक विकास मन्त्रालयले ६५.१६, र स्थानीय तहलाई सशर्त अनुदानतर्फ ९१ प्रतिशत बजेट सरकारले खर्च गरेको गिरीले जानकारी दिए ।

आर्थिक कार्यविधि नियमावलीमा आव समाप्त हुनुभन्दा कम्तीमा एक साताअघि भुक्तानी निकासा बन्द गरी खर्च विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था छ ।

महालेखा नियन्त्रक कार्यालयले आइतबारदेखि प्रदेशको भुक्तानी प्रणाली बन्द गरिसकेको छ । फ्रिज नहुने शीर्षकका रकमको भुक्तानी निकासा भने बन्द गरिएको छैन ।

ती रकम सरकारको कोष मै रहनेछ । गत आवमा प्रदेश सरकारले ६५.६६ प्रतिशत बजेट खर्च गरेको थियो । सबभन्दा कम बजेट खर्च हुने आव २०७८/७९ नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस