काँग्रेस पदाधिकारी छलफलका लागि बालुवाटारमा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

काँग्रेस पदाधिकारी छलफलका लागि बालुवाटारमा


२६ असार २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारीहरु पार्टी कार्यालयमा बैठक सकिएपछि प्रधानमन्त्री निवास बालुवाटारतर्फ लागेका छन् ।

आज (आइतबार) दिउँसो सभापति शेरबहादुर देउवाबाहेकका काँग्रेस पदाधिकारी बैठक केन्द्रीय कार्यालय सानेपामा बसेको हो ।

बैठकमा पार्टीको भ्रातृ तथा शुभेच्छुक विधान र स्वीकृति विषयमा छलफल भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवासहितको बालुवाटारमा बस्ने बैठकले भोलि (सोमबार)को केन्द्रीय कार्यसमिति बैठकको एजेन्डामाथि छलफल गर्ने जनाइएको छ ।

केन्द्रीय कार्यसमिति बैठक सोमबार दिउँसो १ बजेका लागि सानेपामा बोलाइएको छ ।

स्थानीय तह निर्वाचन समीक्षा, आगामी निर्वाचनबारे सभापति देउवासँग पदाधिकारीले छलफल गर्नेछन् ।

पार्टी प्रवक्ता प्रकाशशरण महतले सोमबारको बैठकमा स्थानीय तह निर्वाचन परिणामबारे केन्द्रीय सदस्यहरुले धारणा राख्ने र ती धारणाको आधारमा आगामी निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषयमा पार्टीले टुङ्गो लगाउने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस