बस मर्मत गर्ने क्रममा किचेर एक जनाको मृत्यु « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

बस मर्मत गर्ने क्रममा किचेर एक जनाको मृत्यु


२६ असार २०७९, आइतबार


चितवन । बस मर्मत गर्ने क्रममा सोही बसले किचेर आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका– २४ का २१ वर्षीय सुरज नेपाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा बिग्रिएर मर्मत गर्दै गरेको ना५ख ९६७ नं को बस चालकले परीक्षण गरेर चलाउँदै गर्दा सहचालकको मृत्यु भएको हो ।

बसले किचेर घाइते नेपालीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस