चालू आर्थिक वर्षमा कर्णाली सरकारको खर्च जम्मा ६२.३७ प्रतिशत (खर्च विवरणसहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चालू आर्थिक वर्षमा कर्णाली सरकारको खर्च जम्मा ६२.३७ प्रतिशत (खर्च विवरणसहित)


२६ असार २०७९, आइतबार


सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ मा कुल बजेटको ६२.३७ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।

प्रदेश लेखा कार्यालय सुर्खेतका अनुसार संघीय सशर्तलगायतको बजेटसमेत कार्यालयमा आएकाले कुल बजेट ३८ अर्ब ४७ करोड ४२ लाख ७९ हजारमध्ये असार २५ गतेसम्म २३ अर्ब ९९ करोड ७० लाख ५९ हजार ७७५ रुपैयाँ खर्च भएको हो ।

यद्यपि कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षमा कुल ३६ अर्ब ५७ करोड ९७ लाख ७१ हजार बजेट ल्याएको थियो ।

जसअनुसार चालूतर्फ १३ अर्ब ७८ करोड २९ लाख ९६ हजार ६९८ बजेट रहेकोमा नौ अर्ब १२ करोड ८१ लाख २४ हजार ३४८ रुपैयाँ खर्च गरेको छ ।

यस्तै पुँजीगततर्फ २४ अर्ब ५७ करोड ४१ लाख ३२ हजार ३०२ मध्ये १४ अर्ब ७५ करोड १७ लाख ८५ हजार ४२६ रुपैयाँ खर्च गरिएको छ ।

सबैभन्दा बढी मुख्य न्यायाधिवक्ताको कार्यालयले खर्च गरेको कार्यालयका सूचना अधिकारी मिलनकुमार शर्माले जानकारी दिए ।

कुन मन्त्रालयले कति गरे खर्च ?

Tags :
प्रतिक्रिया दिनुहोस