चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख काठमाडौँमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख काठमाडौँमा


२६ असार २०७९, आइतबार


काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ चार दिने भ्रमणका लागि आज बिहान नेपाल आएका छन् । उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग भेटवार्ता गर्नेछन् ।

उनी आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । त्यहाँ आराम गरेपछि उनले सबैभन्दा पहिले परराष्ट्रमन्त्री खड्कालाई भेट्नेछन् । त्यसपछि प्रधानमन्त्री देउवालाई भेट्न उनी बालुवाटार पुग्ने छन् । विदेश विभाग प्रमुख जियानचाओको सम्मानमा परराष्ट्रमन्त्री खड्काले आज बेलुकी होटेल मेरियटमा रात्रिभोजसमेत आयोजना गरेका छन् ।

नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

जुन पहिलो सातादेखि विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो विदेश भ्रमण हो । पहिलो विदेश भ्रमणको लागि जियानचाओले नेपाल रोज्नुलाई अर्थपूर्ण मानिएको छ ।

नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने निर्णय गरेको र निकट भविष्यमै प्रधानमन्त्री देउवाले अमेरिका भ्रमण गर्ने तयारी गरिरहेको बेला चीनबाट भएको उच्चस्तरीय भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस