शेखर पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बस्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

शेखर पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बस्दै


२६ असार २०७९, आइतबार


काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पक्षका नेताहरूको बैठक आज बस्दै छ । सोमबारबाट सुरु हुने केन्द्रीय समिति बैठक अगाडि आफ्नो पक्षका नेताहरूको एकीकृत धारणा बनाउन बैठक बस्न लागेको हो ।

काठमाडौँको बालुवाटारस्थित डा.कोइरालाको सम्पर्क कार्यालयमा दिउँसो एक बजे बैठक बोलाइएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढङ्गले पार्टी सञ्चालन गरेको, विधान मिचेको लगायतका आरोप शेखर कोइराला पक्षले लगाउँदै आएको छ ।
यसअघि पनि बसेको कोइराला पक्षको बैठकले पदाधिकारी र केन्द्रीय सदस्यहरुबीच छलफल गरेर केन्द्रीय समिति बैठकमासहभागी हुने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज बैठक बस्न लागेको कोइराला पक्षका एक नेताले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस