२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा !

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ। आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने सहमहामन्त्री जीवन परियारले बताए।

काँग्रेसले भ्रातृ संस्थाका विधानबारे केही समयदेखि पदाधिकारी बैठकमा छलफल गर्दै आएको छ।

नेता एनपी साउदको संयोजकत्वमा काँग्रेसले भातृ तथा शुभेच्छुक संस्थाका विधानबारे अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो। उक्त समितिले पार्टीमा प्रतिवेदन बुझाइसकेको छ। यो प्रतिवेदनमा केन्द्रित रहेर अन्तिम रूप दिनका लागि पदाधिकारी बैठक बस्ने भएको हो।
काँग्रेसका अधिकांश भ्रातृ संस्थाले महाधिवेशन गर्न सकेका छैनन्। नेविसंघलगायत चार भ्रातृ संस्थामा केन्द्रीय समितिले दिएको अधिकारअनुसार सभापति शेरबहादुर देउवाले अध्यक्ष मात्रै तोकेका छन्।

केही नयाँ संस्था तथा शुभेच्छुकले भ्रातृ तथा शुभेच्छुक संस्थाको मान्यता दिनुपर्ने माग गरिरहेका छन्। काँग्रेसले सोमबारका लागि केन्द्रीय कार्यसमिति बैठक राखेको छ। उक्त बैठकमा भ्रातृ तथा शुभेच्छुक सङ्घसंस्थाबारे छलफल हुनेछ।

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पदाधिकारी बैठक बस्ने गरेको छ। यसअघि पदाधिकारी बैठकमा सभापति देउवा उपस्थित भएका थिएनन्।

काँग्रेसमा अहिले १३ भ्रातृ र १८ शुभेच्छुक संस्था छ। भ्रातृ संस्थामध्ये अधिकांश महाधिवेशन हुन नसकेर तदर्थ समितिका भरमा छन्। यस्तै काँग्रेसले पाँच भ्रातृ तथा केही शुभेच्छुक संस्था थप गर्ने गृहकार्य पनि गरेको छ।