बुढीगंगाका ८ वडाको मत परिणाम सार्वजनिक, यस्तो छ पार्टीगत नतिजा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बुढीगंगाका ८ वडाको मत परिणाम सार्वजनिक, यस्तो छ पार्टीगत नतिजा


२६ असार २०७९, आइतबार


काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाका १० वडामध्ये आठ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

जसमध्ये एमालेले पाँच तथा काँग्रेसले तीन वडामा जित निकालेको छ । एमालेले वडा नम्बर १, २, ३, ९ र १० मा तथा काँग्रेसले वडा नम्बर ४, ७ र ८ मा जित निकालेको छ ।

मेयर र उपमेयरमा काँग्रेसले एमालेसँगको अग्रता घटाएको छ । पछिल्लो विवरणअनुसार ७,४१७ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ३,८८१ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका काँग्रेसका रंगबहादुर खातीले ३,१०१ मत ल्याएका छन् । उनीहरूबीच ७८० मतको फरक छ ।

उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ३,७५३ ल्याएकी छन् । काँग्रेसकी रिता शाहले ३,१५३ मत ल्याएकी छन् । एमालेकी खड्का ६०० मतले अगाडि छन् ।

गत बिहीबार भएको मतदानमा बुढीगंगामा ९,१२८ मत खसेको थियो । अब १,७११ मत गन्न बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस