२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालकै पहिलो चिकित्सा संग्रहालय स्थापना हुने

अ+ अ-

काठमाडौँ । बागमती प्रदेश सरकारको सहयोगमा राजधानीमा नेपालकै पहिलो चिकित्सा संग्रहालय स्थापना हुने भएको छ।

संग्रहालय स्थापनाका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

नेपाल चिकित्सक संघ सँगको सहकार्यमा संग्रहालय स्थापना गर्न लागिएको हो। संघको केन्द्रीय कार्यालय भृकुटीमण्डपमा संग्रहालय स्थापना गर्ने निर्णय भएको बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले जानकारी दिए।

संग्रहालयमा नेपालको चिकित्सा इतिहास झल्कने सामग्री राखिनेछ। संग्रहालयमा पुराना औजार, चिकित्सा उपकरणलगायत सामग्री राख्ने तयारी छ।

नेपालमा प्रयोग भएको पहिलो अल्ट्रासाउन्ड, इसिजी, माइक्रोस्कोपलगायत सामग्री संग्रहालयमा राखिने संघका अध्यक्ष डा। लोचन कार्कीले बताए।

स्वास्थ्यसम्बन्धी यस्ता ऐतिहासिक सामग्रीको खोजी भइरहेको छ। केही सामग्री पाइएको छ भने केही सामग्रीको खोजी अहिले पनि जारी रहेको संघले जनाएको छ।

नेपालमा पहिले लेखिएका प्रेस्क्रिप्शन, तस्बिर, संघका निर्णय पनि संग्रहालयमा राखिने जनाइएको छ। संग्रहालयले स्वास्थ्य पर्यटन प्रवर्धनमा पनि सहयोग पुग्ने आशा गरिएको छ। प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले खेलकुद, स्वास्थ्यलगायत पर्यटन प्रवर्धनमा काम गरिरहेको बताइएको छ।