साताको सेयर बजार ३६ अङ्कले घट्यो  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

साताको सेयर बजार ३६ अङ्कले घट्यो 


२५ असार २०७९, शनिबार


काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६.१५ अङ्कले घटेको छ । गत साताको शुक्रबार २०२८ अङ्कमा रहेको सेयर बजार परिसूचक यो साता उच्च अङ्कको गिरावटसँगै १९९२ अङ्कमा आएर रोकिएको हो । यो सातामा नेप्से परिसूचक १.७८ प्रतिशतले खुम्चिएको छ ।

यससँगै, नेप्सेको बजार पुँजीकरण २८ खर्ब रुपैयाँ कायम भएको छ । साताको ६ मध्ये ४ कारोबार दिन नेप्से घटेको थियो । दुई कारोबार दिनमा बढेको नेप्से परिसूचक शुक्रबारसम्मको स्थितिमा ३६ अङ्कभन्दा बढीले घटेको हो । यो साता आइतबार र बुधबार मात्रै बजारमा सुधार आएको थियो ।

नेप्से परिसूचक घटे पनि यो साता कारोबार रकम भने बढेको छ । गत साता ११ खर्ब ६४ अर्ब रुपैयाँको कारोबार भएको थियो । जुन, यो साता १६ अर्ब ३२ करोडको कारोबार भएको छ । यो गत साताको तुलनामा ४ अर्ब ६८ करोडले बढी हो ।

यद्यपी, यो साता नेप्सेको बजार पुँजीकरण भने घटेको छ । नेप्से परिसूचक घटेको साता कारोबार रकम बढेपनि बजार पुँजीकरण भने घटेको हो । गत साताको तुलनामा ५० अर्ब रुपैयाँले बजार पुँजीकरण घट्दै २८ खर्ब ४१ अर्ब रुपैयाँमा आइपुगेको छ ।

यो साता नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिमा अघिल्ला वर्ष दिइएको सुविधा कटौती हुने सङ्केत गरेका थिए । उनले व्यवस्थापन सङ्घको कार्यक्रममा बोल्दै अघिल्ला वर्ष कोरोना महामारीको नाममा दिइएका सहुलियत घट्ने सङ्केत गरेका थिए । त्यसैको प्रभाव सेयर बजारमा परेको लगानीकर्ताहरूको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस