अखिल क्रान्तिकारीको विवाद हल गर्न सुझाव समिति गठन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अखिल क्रान्तिकारीको विवाद हल गर्न सुझाव समिति गठन


२५ असार २०७९, शनिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीमा देखिएको विवाद समाधान गर्न सुझाव समिति गठन गरेको छ । 

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पूर्व विद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेको तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिको सुझावका आधारमा स्थायी कमिटीले निर्णय गर्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । 

अखिल क्रान्तिकारीमा उपाध्यक्ष पवन कार्की समूहले छुट्टै सम्मेलन आयोजक समिति बनाएर समानान्तर गतिविधि गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस