बुढीगंगामा मतगणना जारी, एमाले उम्मेदवार झण्डै एक हजार मतले अगाडि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बुढीगंगामा मतगणना जारी, एमाले उम्मेदवार झण्डै एक हजार मतले अगाडि


२५ असार २०७९, शनिबार


काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार ३ हजार ६४८ मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ ।

हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले झण्डै एक हजार मतले अग्रता लिएका छन् ।  नेपाली काँग्रेसका रंगबहादुर खातीले पछिपछि रहेका छन् ।

एमालेका उम्मेदवारले मेयरमा २ हजार १९६ र उपमेयरमा २ हजार १७२ मत पाएका छन् भने काँग्रेसका उम्मेदवारले मेयरमा १ हजार २३९ र उपमेयरमा १ हजार २६१ मत पाएका छन् ।

एमालेले १ र १० नम्बर वडामा वडाध्यक्ष समेत जितिसकेको छ । अहिले २ र ९ नम्बर वडाको मतगणना भइरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस