सुशीलाका दुई कृति सार्वजनिक « प्रशासन
Logo १९ मंसिर २०७९, सोमबार
   

सुशीलाका दुई कृति सार्वजनिक


२५ असार २०७९, शनिबार


काठमाडौँ । लामो समयदेखि साहित्य क्षेत्रमा सक्रिय रहेकी स्रष्टा सुशीला पौडेलले आफ्ना दुई कृतिहरू सार्वजनिक गरेकी छिन् । 

पौडेलले “मुक्तक मनुषी” मुक्तक संग्रह र “खुसी विनाको मुस्कान” गजल संग्रह सार्वजनिक गरेकी हुन् । पौडेलका यसअघि सञ्चार उमङ्ग गीति एल्बम र तृषा उपन्यास सार्वजनिक भइसकेका छन् ।

सर्लाहीको लालवन्दीमा जन्मिएकी सुशीलाले स्कुले जीवन देखी नै साहित्यमा रुचि राख्दै आएकी उनकी ममतामयी आमा राधा पौडेलले बताइन् । 

दुवै कृतिको आवरण युवा चित्रकार प्रसन्न सुवेदीले गरेका छन् ।

मुक्तक मनुषी मुक्तक संग्रहमा रहेका २०१ वटा मुक्तकका लागि स्केच पनि प्रसन्न सुवेदीले नै तयार पारेका हुन् । पुस्तकलाई  शिखा बुक्सले प्रकाशन गरेको हो ।

अहिलेसम्म उनका ४० भन्दा बढी गीतहरू बजारमा आइसकेका छन् । दर्जनौँ गजल, कविता, मुक्तकहरू फुटकर रूपमा प्रकाशन भएका छन् ।

मुक्तकमा विद्यावारिधि गरेका मुरारी पराजुलीले मुक्तक मनुषीमाथि आफ्नो समीक्षात्मक टिप्पणी राखेका थिए ।  

कार्यक्रममा प्रमुख अतिथि युवा नेता गगन थापा रहेका थिए भने डा. गीता त्रिपाठीले सभाध्यक्षता गरेकाे कार्यक्रममा २ सयभन्दा बढी साहित्य अनुरागीको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस