नेकपा एसको प्रमुख सचेतकमा यादव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा एसको प्रमुख सचेतकमा यादव


२४ असार २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले सरला यादवलाई प्रतिनिधिसभाको प्रमुख सचेतकमा मनोनयन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको ३१औँ बैठकले पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्षमा हर्कबहादुर सिंहलाई जिम्मेवारी प्रदान गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

उनका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी देशभर व्यापकरुपमा पार्टी सङ्गठन, जनवर्गीय सङ्गठन विस्तारगरी चुनावी अभियानमा क्रियाशील हुने विषयमा पनि छलफल भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस