काँग्रेस हुती नभएको पार्टी भएको ओलीको आरोप « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काँग्रेस हुती नभएको पार्टी भएको ओलीको आरोप


२४ असार २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस हुती नभएको पार्टी भएको आरोप लगाएका छन् ।

शुक्रबार छविलाल स्मृति तथा रक्तदान कार्यक्रममा बोल्दै ओलीले अर्थमन्त्री जनार्दन शर्माले आफैँ राजीनामा नदिएको भए उनलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सक्दै नसक्ने ठोकुवा गरे ।

आोलीले भने, ‘काँग्रेस त निरीह नै बोल्नै नसक्ने भयो । मन्त्रीले जे गरे पनि काँग्रेस त हेरेको हेर्‍यै । काँग्रेसको हुती नै छैन । दम नै छैन । यसपटक पनि मन्त्रीले आफैँ राजीनामा दिएर हो । प्रधानमन्त्रीससँग मन्त्री निकाल्ने हुति छ ?’

माओवादीप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले हतियार उठाउन परेको कारण अहिलेसम्म दिन नसकेको बताए । ओलीले भने, ‘के का लागि हतियार उठाएको थियो । त्यसबेला देखि सोध्दै आएको छु । जवाफ दिन सकेको छैन । महान जनयुद्ध के पाएर छोडे त?’

जनआन्दोलन २ को अन्तिम दिन बैशाख ११ मा पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्वोधनको ड्राफ्ट आफूले तयार गरेको ओलीले दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस