दुई विधेयक प्रमाणीकरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दुई विधेयक प्रमाणीकरण


२४ असार २०७९, शुक्रबार


काठमाण्डौँ । बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउबिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक आज प्रमाणीकरण भएका छन् ।

सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा उक्त दुई विधेयक पेश भएका थिए ।

संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त दुई विधेयक आज प्रमाणीकरण गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस