बुढीगंगाको मतगणना सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बुढीगंगाको मतगणना सुरु


२४ असार २०७९, शुक्रबार


कैलाली । बाजुराको बुढीगंगा नगरपालिका नेतृत्वका लागि हिजो (बिहीबार) भएको मतदानको गणना सुरु भएको छ ।

आज (शुक्रबार) बिहान सर्वदलीय बैठकपश्चात् वडा नम्बर ५ मा रहेको भानोदय माविमा गणना थालिएको हो ।

बुढीगंगाबाहेक मुलुकका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ ।

वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले पुन निर्वाचनको मिति तोकेको थियो ।

हिजो सम्पन्न निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको थियो । यहाँ एमालेबाट प्रमुखमा रामबहादुर बानिया र गठबन्धनबाट रंग खाती चुनावी मैदानमा छन् ।

उपप्रमुखमा एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाही उम्मेदवार बनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस