आजको मौसम : देशका केही भागमा भारी वर्षाको अनुमान « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आजको मौसम : देशका केही भागमा भारी वर्षाको अनुमान


२४ असार २०७९, शुक्रबार


काठमाडौँ। हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो पनि यिनै प्रदेशमा पानी पर्ने सम्भावना बढी छ भने राति प्रदेश १ र मधेसका एक-दुई स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको अनुमान गरिएको छ ।

देशका विभिन्न स्थानमा भारी वर्षाको समेत सम्भावना देखाउँदै बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस