काठमाडौँको एभरेस्ट वेभरेज पानी उद्योगमा सिलबन्दी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौँको एभरेस्ट वेभरेज पानी उद्योगमा सिलबन्दी


२४ असार २०७९, शुक्रबार


काठमाडौँ । मापदण्ड पूरा नगरी पिउने पानी उत्पादन र वितरण गरिरहेको काठमाडौँको एक पानी उद्योग सिलबन्दी गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाण्डौँको संयुक्त अनुगमन टोलीले बजार अनुगमनका क्रममा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका २०७४ विपरीत पानी उत्पादन गरे बिक्री गरिरहेको गोकर्णेश्वेर ६ जोरपाटी काठमाडौँ स्थित एभरेस्ट वेभरेज प्रा. लि. लाई सिलबन्दी गरेको हो ।

एभरेस्ट वेभरेज प्रा. लि. माउन्टेन आइस ब्रान्डमा जार तथा बोतलमा पानी भरेर बेच्दै आएको थियो ।

उद्योगमा भौतिक पूर्वाधारको अवस्था सन्तोषजनक नभएको र भौतिक पूर्वाधारको अवस्था पनि नाजुक देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

निर्देशिका अनुसार स्वचालित बोतल प्लान्ट बाट उत्पादन गर्नुपर्नेमा वेभरेज प्रा. लि. ले एक लिटरको बोतल म्यानुअल्लि भर्ने गरेको पाइएको थियो । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका २०७४ अनुसार बोतल पानी उत्पादन गर्ने उद्योगहरूले पानी उत्पादन कार्य स्वचालित मेसिनमार्फत मात्रै गर्नुपर्ने प्रावधान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस