बुढीगंगा नगरपालिकाको मतगणना आज बिहानबाटै थालिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बुढीगंगा नगरपालिकाको मतगणना आज बिहानबाटै थालिने


२४ असार २०७९, शुक्रबार


कैलाली । बाजुराको बुढीगंगा नगरपालिकाको नेतृत्वका लागि भएको पुन: मतदानको गणना आज (शुक्रबार) बिहानबाटै थालिने भएको छ ।

त्यसका लागि ७ बजे सर्वदलीय बैठक तय गरिएको साथै बैठक सकेर मतगणना थाल्ने सहमति भएको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिए ।

बुढीगंगाबाहेक मुलुकका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ ।

वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले पुनस् मतदान गराउने निर्णय गरेको थियो ।

हिजो ६६.८३ प्रतिशत मत खसेको थियो । यहाँ एमालेबाट प्रमुखमा रामबहादुर बानिया र गठबन्धनबाट रंग खाती चुनावी मैदानमा छन् ।

उपप्रमुखमा एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाही उम्मेदवार बनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस