उपराष्ट्रपति पुनसँग भारतीय राजदूत श्रीवास्तवले गरे भेट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपराष्ट्रपति पुनसँग भारतीय राजदूत श्रीवास्तवले गरे भेट


२३ असार २०७९, बिहिबार


काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् ।

बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा उपराष्ट्रपति पुनलाई भारतीय राजदूत श्रीवास्तवले भेट गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

भेटमा उपराष्ट्रपति पुनले नेपाल र भारतको सम्बन्ध विशिष्ट प्रकारको रहेको बताए । भेटमा उपराष्ट्रपतिले नेपालको सरोकारमा भारतको सहयोग र सद्भावको खाँचो रहेको बताउँदै व्यापार घाटामा नेपाल उच्च रहेकाले सन्तुलनका लागि भारतको भूमिका महत्वपूर्ण हुने बताए ।

उपराष्ट्रपतिसँगको भेटमा भारतीय राजदूत श्रीवास्तवले नेपाल भारतको असल छिमिकी मित्र भएको बताए ।

उनले नेपालसँग भारतको विशिष्ट सम्बन्ध रहेकाले दुई देशका साझा सवालमा सहकार्य गर्नुपर्ने बताए । आफ्नो कार्यकालमा नेपाल भारत सम्बन्धलाई थप सुदृढ् गर्ने प्रयास गर्ने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस