२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोभार सुख्खा बन्दरगाह पूर्ण सञ्चालनमा ल्याउन सरकार तयार छ : बडू

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले चोभार सुख्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनका लागि हाल देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।

उनले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने आयात–निर्यात कार्यलाई सहज र सरल बनाई समय र लागत घटाउन सके व्यापारिक क्रियाकलापमा बढोत्तरि भई राजस्वसमेत बढ्ने अपेक्षा रहेको भन्दै अन्तरनिकाय समन्वयमार्फत निजी क्षेत्रले अघि सारेका माग र मुद्दा सम्बोधन गर्न आफू सकारात्मक रहेको बताए ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले बिहीबार सिंहदरबारमा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनेबारे सरोकारवालाहरूसँग गरेको छलफलमा मन्त्री बडूले वीरगन्जलगायत सीमा नाकाहरूमा विद्यमान रहेको कार्यबोझ घटाई चोभार सुख्खा बन्दरगाहलाई पूर्ण क्षमतामा चलाउन हाल देखिएका व्यवहारगत र नीतिगत समस्या समाधान गर्न सरकार तयार रहेको बताएका हुन् ।

उनले राजधानी नजिकै पर्याप्त र सुविधासम्पन्न व्यापार पूर्वाधारसहित बन्दरगाहमा आयात निर्यातमा निजी क्षेत्रको आकर्षण बढाउन र हाल देखिएका समस्या पहिचान गरी उपयुक्त सुझाव दिनका लागि सम्बद्ध पक्षको प्रतिनिधित्व रहने गरी अध्ययन समिति बनाउन निर्देशन दिए ।

यसअघि मन्त्री बडूले असार १३ गते चोभार सुख्खा बन्दरगाहको स्थलगत अवलोकनका क्रममा उद्योगी व्यवसायीसँग छलफल तथा अन्तरक्रिया गरी बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालन गर्न चाल्नुपर्ने कदम यथाशीघ्र सुरु गर्न व्यवस्थापन पक्षलाई निर्देशन दिएका थिए ।

बिहीबारको छलफलमा उद्योग सचिव अर्जुन प्रसाद पोखरेलले व्यवसायीको सहजता र पूर्वाधारको अवस्थाअनुसार निश्चित वस्तु तोकेर चोभार सुख्खा बन्दरगाहको उपयोगिता बढाउन सकिने बताए ।