अदालतबाट २० लाख जरिवाना भएका गिरी पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अदालतबाट २० लाख जरिवाना भएका गिरी पक्राउ


२३ असार २०७९, बिहिबार


पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले उच्च अदालतबाट २० लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उच्च अदालत पाटनको विसं २०७७ माघ ६ गतेको फैसलाअनुसार सात दिन कैद सजाय र २० लाख जरिवाना ठहर भएका उदयपुर त्रियुगा नगरपालिका घर भई हाल काठमाडौँको टोखामा बस्ने ६० वर्षीय केदार गिरीलाई आज सानेपाबाट पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ परेका गिरीले आफ्नो प्रभु बैङ्क लिमिटेडको खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै झुक्यानमा पारेर पैसा नभएको चेक दिएर बैङ्किङ कसुर गरेकाले अदालतको आदेशअनुसार पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका गिरीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ पेस गरिएको प्रवक्ता महतोले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस