पिठो र आँटा निर्यातमा भारतले गर्‍यो कडाइ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

पिठो र आँटा निर्यातमा भारतले गर्‍यो कडाइ


२३ असार २०७९, बिहिबार


काठमाडौँ । भारतले गहुँ पछि अब गहुँको पिठो र यसका सहउत्पादनहरु निर्यातमा कडाइ थालेको छ ।

२८ असारदेखि लागू हुनेगरी भारतको विदेश व्यापार महानिर्देशनालयले गहुँका सहउत्पादन निर्यातमा लाइसेन्स अनिवार्य गरेको हो ।

नयाँ नियम पछि अब भारतबाट गहूँका पिठो तथा आँटा निर्यात गर्न व्यापारीले अन्तर मन्त्रालयको समितिबाट अनुमति लिनु पर्नेछ ।

गत ३० वैशाखमा गहुँको निर्यात रोकेसँगै भारतबाट पिठो र आँटाको निर्यात बढेको निष्कर्ष पछि यस्तो निर्णय लिइएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस