२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइतबारको बिदाले फेरि धकेलियो प्रहरी महानिरीक्षक विरुद्धको मुद्दाको सुनुवाइ

अ+ अ-

काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको पर्व इदका कारण असार २६ गते सरकारले बिदा दिने घोषणा गरेपछि प्रहरी महानिरीक्षक विरुद्धको मुद्दाको सुनुवाइ फेरि धकेलिएको छ ।

यसअघि आइतबारका लागि पेसी तोकिएको भए पनि आइतबार बिदा परेपछि उक्त मुद्दामाथिको सुनुवाइ फेरि धकेलिने भएको छ । सरकारले आफूभन्दा कनिष्ठ एआइजी धीरजप्रताप सिंहलाई आइजिपीमा नियुक्ति गरेको भन्दै एआइजी विश्वराज पोखरेल सर्वोच्च अदालत पुगेपछि लामो समयदेखि उक्त मुद्दाको सुनुवाइ भइरहेको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासमा हेर्दाहेर्दैमा राखिएको उक्त मुद्दा सातामा एक दिन सुनुवाइ हुने गरेको थियो । असार १९ गते पेसीमा चढेको उक्त मुद्दाको सुनुवाइपछि असार २६ गते आइतबारका लागि पेसी तोकिएको थियो । तर आइतबार सार्वजनिक बिदा परेपछि उक्त मुद्दाको पेसी कहिले पर्ने यो टुङ्गो लागेको छैन ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार हेर्दाहेर्दैमा रहेको कारण कामु प्रधानन्यायाधीश र न्यायाधीश कुमार चुडालको इजलासले सुनुवाइका लागि अर्को मिति दिएपछि मात्रै सुनुवाइको मिति तोकिने छ । उनीहरूले सुनुवाइका लागि मिति नतोकेसम्म उक्त मुद्दाको पेसी अन्योलमै रहेको छ ।