२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकाको शान्ति सुरक्षाको जिम्मा संघीय सरकारले लिने व्यवस्था संविधान विपरीत

अ+ अ-

काठमाडौँ । प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुले काठमाडौँ उपत्यकाका तीन जिल्लाको शान्ति सुरक्षाको जिम्मा संघीय सरकारले लिने व्यवस्था संविधान विपरीत हुने भन्दै कानुनमा उक्त व्यवस्था नगर्न माग गरेका छन् ।

आज (बिहीबार) धनुषाको जनकपुरधाममा सम्पन्न प्रदेशका आन्तरिक मामिला तथा गृह, सञ्चारमन्त्री र मुख्य न्यायाधिवक्ताहरुको भेलाले ७ बुँदे घोषणापत्र जारी गरी उपत्यकाका तीन वटै जिल्ला काठमाडौँ‚ ललितपुर र भक्तपुरका जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालय संघीय गृह मन्त्रालयमातहत राख्ने गरी प्रस्तावित प्रहरी ऐन संशोधनको कार्य संविधान विपरीत भएको भन्दै उक्त निर्णय फिर्ता लिन आग्रह गरेको हो ।

राज्यव्यवस्था समितिले बिहीबार मात्र काठमाडौँ उपत्यकाको शान्ति सुरक्षा सङ्घ मातहत राख्ने गरी कानुन संशोधन गर्ने विषय पारित गरी प्रतिनिधि सभामा पठाउने निर्णय गरेको थियो ।

‘काठमाडौँ उपत्यकाका तीन जिल्लाको शान्ति सुरक्षाको जिम्मा सङ्घले लिई तीन वटै जिल्ला प्रहरी कार्यालय र मातहतको प्रहरी कार्यालय सङ्घको गृह मन्त्रालय मातहत राख्ने गरी प्रस्तावित प्रहरी ऐन संशोधनको कार्य संविधानको अनुसूची ६ विपरीत भएकाले उक्त कार्य तत्काल रोकी १३ वटै जिल्लाको शान्ति‚ सुरक्षाको जिम्मा प्रदेश सरकार मातहत हुनुपर्ने‚’ संयुक्त घोषणापत्रमा भनिएको छ ।

त्यस्तै उनीहरूले जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीहरुलाई प्रदेश मातहत ल्याउन संघीय सरकारलाई आग्रह गरेका छन् ।