उपत्यकाको सुरक्षा व्यवस्था केन्द्र मातहत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

उपत्यकाको सुरक्षा व्यवस्था केन्द्र मातहत


२३ असार २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ उपत्यका (काठमाडौँ , ललितपुर र भक्तपुर) को सुरक्षा व्यवस्था केन्द्र मातहत नै रहने भएको छ । तर केन्द्रले प्रदेश प्रहरीको समन्वयमा काम गर्नुपर्ने छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र सम्बन्ध ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक राज्यव्यवस्था समितिबाट पारित भएको छ ।

विधेयकको प्रस्ताव तयार पार्दा नै काठमाडौँ , ललितपुर र भक्तपुरको सुरक्षा नेपाल प्रहरीकै मातहत रहने व्यवस्था थियो । यसमा ‘नेपाल प्रहरीले प्रदेश प्रहरीको समन्वयमा कार्य गर्नेछ’ भन्ने वाक्यांश थपेर समितिले पारित गरेको छ ।

समितिको बैठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले नेपाल प्रहरीको कार्य प्रदेश प्रहरीलाई पनि जानकारी हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस