२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२४ घन्टाभित्र बेलायतमा जोनसन सरकारका ४० बढीले दिए राजीनामा

अ+ अ-

काठमाडौँ । बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनको सरकारमा रहेका विभिन्न सांसद तथा मन्त्रीहरूले धमाधम राजीनामा दिन थालेका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार हिजो (बुधबार) सम्म अर्थमन्त्री ऋषि सुनाकसहित विभिन्न मन्त्रीहरू र मन्त्रालयमा विभिन्न जिम्मेवारी सम्हालेका ४० जना बढी सांसदले राजीनामा दिएका छन् ।

जोनसनले देशलाई शासन गर्न सक्छन् भन्ने विश्वास नभएकाले राजीनामा दिएको उनीहरूले बताएका छन् ।

आफ्नै मन्त्रिपरिषदमा भएको यो ‘विद्रोह’ले जोनसनको पद धरापमा परेको छ ।

उनको कन्जरभेटिभ्स पार्टीभित्र र बाहिरबाट जोनसनको राजीनामा माग गरिएको छ ।

द गार्डियनका अनुसार जोनसन भने जस्तोसुकै परिस्थिति आए पनि अन्तिमसम्म लड्ने रणनीतिमा छन् ।

गृहमन्त्री प्रीति पटेललगायतले उनलाई अनौपचारिक रूपमा भेटेर राजीनामा दिन सुझाए पनि जोनसन त्यसका लागि तयार भएका छैनन् ।

दुई वर्षअघि भएको चुनावमा लाखौँ मतदाताले आफूलाई विश्वास गरेको उल्लेख गर्दै जोनसनले लुसुक्क सत्ता नछोड्ने बताएका छन् ।

पछिल्लो समय जोनसनले एक जना विवादित सांसदलाई महत्त्वपूर्ण नियुक्ति दिएपछि उनको मन्त्रिपरिषदमा मतभेद चुलिएको हो ।

त्यसअघि पनि जोनसन बेला बेलामा विवादमा आइरहेका थिए । कोरोनाभाइरसको महामारी सुरु भएपछि देशलाई लकडाउनमा राखेर आफूले भने प्रधानमन्त्री निवासमा भोज गरेको सार्वजनिक भएको थियो ।

उक्त विषयले बेलायती राजनीतिमा तरङ्ग ल्याएको थियो र छानबिन पनि भएको थियो ।