बाजुराको बुढीगंगामा पुनः आज मतदान हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाजुराको बुढीगंगामा पुनः आज मतदान हुँदै


२३ असार २०७९, बिहिबार


काठमाडौँ । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुने भएको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको छ।

बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गर्न प्रारम्भिक व्यवस्थापकीय कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए घिमिरेका अनुसार पुनः हुने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस