राप्रपाका प्रवक्ता शाहीले दिए जनार्दन शर्मासहित आठ जनाविरुद्ध जाहेरी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राप्रपाका प्रवक्ता शाहीले दिए जनार्दन शर्मासहित आठ जनाविरुद्ध जाहेरी


२२ असार २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले आजै पदबाट राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मासहित ८ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका छन्।

अर्थमन्त्री शर्मासहित बजेटमा करका दर हेरफेर गर्न अनधिकृत रूपमा संलग्न गराइएका भनिएका अवकाशप्राप्त नायब सुब्बा रघुनाथ घिमिरे र इन्फिनिटी होल्डिङ कम्पनीका फाइनान्स डाइरेक्टर उपेन्द्र हिरावत, इन्फिनिटी होल्डिङ कम्पनीका दीपक भट्ट, अर्थ सचिव मधु मरासिनी, राजश्व सचिव कृष्णहरि पुष्कर, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा र राजश्व व्यवस्थापन महाशाखा प्रमुख भूपाल बरालविरुद्ध जाहेरी दिएको शाहीले बताए।

उनीहरूले राज्यविरुद्धको कसुर गरेको, विद्युतीय कारोबार ऐनविरुद्धको कसुर गरेको र भ्रष्टाचार कसुर गरेको भन्दै शाहीले जाहेरी दर्ता गराएका हुन्।

उनीहरूलाई कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ। शाहीले महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दिएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस