अर्थमन्त्री निर्दोष साबित भएर फेरि मन्त्रालयमा फर्किने पुनको दाबी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अर्थमन्त्री निर्दोष साबित भएर फेरि मन्त्रालयमा फर्किने पुनको दाबी


२२ असार २०७९, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदीय समितिको छानबिनबाट अर्थमन्त्री जनार्दन शर्मा निर्दोष साबित हुने आशा व्यक्त गरेका छन् ।

संसद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले छानबिनबाट निर्दोष साबित भएपछि शर्मा नै पुनस् अर्थमन्त्री बन्ने दाबी समेत गरेका हुन् ।

उनले प्रश्न उठेपछि राजीनामा दिएर मन्त्री शर्माले उच्च नैतिकता देखाएको जिकिर गरे । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले छानबिन अघि नै शर्मामाथि कारबाहीको माग गरेकोमा आपत्तिसमेत जनाए ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले बुधबार पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन् ।

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति गठन भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस