प्रदेश र सङ्घको निर्वाचन एकै चरणमा गर्ने « प्रशासन
Logo २९ श्रावण २०७९, आइतबार
   

प्रदेश र सङ्घको निर्वाचन एकै चरणमा गर्ने


२२ असार २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र सङ्घको निर्वाचन एकै चरणमा गर्ने बताएका छन् ।

निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले प्रदेश र सङ्घको निर्वाचन एकै चरणमा गर्ने बताएका हुन् ।

आयोग पदाधिकारीले प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधबार) भेट गर्दै मंसिर २ गते प्रदेश र सङ्घको निर्वाचन गर्न मिति प्रस्ताव गरेको हो ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले २०७९ साल मंसिर २ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको बताए ।

‘हामीले प्रधानमन्त्रीज्यूलाई भेट्यौँ । कानुनबमोजिम निर्वाचन अवधि कायम राखेर आगामी मंसिर २ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न सुझाव दियौँ,’ थपलियाले भने, ‘प्रधानमन्त्रीज्यूले मंसिर २ मै नहुन सक्छ, तर निर्वाचन अवधि कायम राखेर निर्वाचनको मिति तोक्छौँ भन्नुभएको छ ।’

आयोगले निर्वाचनका लागि मिति घोषणापछि १२० दिनको निर्वाचन अवधि लिने गरेको छ । भेटमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको भन्दै आयोगलाई धन्यवाद ज्ञापन गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस