११ महिनामा १२ देशबाट एक करोड ३० लाखभन्दा बढीको सियो आयात « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

११ महिनामा १२ देशबाट एक करोड ३० लाखभन्दा बढीको सियो आयात


२२ असार २०७९, बुधबार


काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा नेपालले विश्वका १२ देशबाट १ करोड ३० लाख ४० हजार रुपैयाँको सियो आयात गरेको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालमा उक्त मूल्य बराबरको १९ हजार ७८४ केजी सियो भित्रिएको हो ।

भारतदेखि अमेरिकासम्मबाट नेपालमा सियो आउने गरेको छ । विभागको तथ्याङ्कअनुसार बितेको ११ महिनामा भारत, क्यानडा, चीन, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्विडेन, स्वीट्जरल्याण्ड, ताइवान, बेलायत र अमेरिकाबाट नेपालमा सियो आएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा विश्वका १३ वटा देशबाट नेपालले ९४ लाख ३ हजार रुपैयाँको सियो आयात गरेको थियो । सो मूल्यमा २१ हजार ४८७ केजी सियो नेपाल भित्रिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस