झापामा ५ दिनमा २ हात्ती मृत भेटिए « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

झापामा ५ दिनमा २ हात्ती मृत भेटिए


२२ असार २०७९, बुधबार


काठमाडौँ । झापामा पाँच दिनको अन्तरमा दुई वटा हात्ती मृत भेटिएका छन् ।

असार १५ गते बुद्धशान्ति गाउँपालिका-५ को आयाबारीमा हात्ती मृत भेटिएको थियो । बुधबार अर्जुनधारा नगरपालिका ५ मा अर्को हात्ती मृत भेटिएको हो ।

दहिझोडा खोला किनारमा दाह्रे हात्ती मृत भेटिएको हो । असार १७ गते पनि दाह्रे हात्ती नै मृत भेटिएको थियो ।

हात्तीको मृत्युको कारण खुल्न सकेको छैन । यसअघि मृत भेटिएको हात्तीको मृत्युको कारण पनि खुलेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस