विभत्स ढंगले हत्या गरिएका लालध्वज लामाका चार हत्यारालाई जन्मकैद फैसला « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

विभत्स ढंगले हत्या गरिएका लालध्वज लामाका चार हत्यारालाई जन्मकैद फैसला


२२ असार २०७९, बुधबार


काठमाडौँ । बाराको अमलेखगंजमा भएको हत्या प्रकरणमा चारजनालाई अदालतले जन्मकैद फैसला सुनाएको छ ।

निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानु’ को हत्या अभियोगमा बारा जिल्ला अदालतले केशवराज शिवाकोटी, बन्दना लामा, ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई जन्मकैदको सजाय सुनाएको हो ।

न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले मंगलबारको इजलासले यस्तो फैसला सुनाएको हो ।

ससुराली घरमा पसल चलाएर बस्दै आएका लालध्वजको गत २०७७ असार २१ मा गाउँ नजिकै दुधौरा खोलापारीको जंङ्गलमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव भेटिएको थियो ।

उनको दुवै हात, खुट्टा, पेट, गर्धन र लिङ्गसमेत काटेर विभत्स ढंगले हत्या गरिएको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस